आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

एनएमबि बैंकमा भाइबर, फेसबुक र एनएमबि ई–एपबाट खाता खोल्न सकिने

दैनिक नेपाल २०७७ मंसिर ४ गते १९:५३

काठमाडौं, ४ मंसिर । फेसबुकबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भइसकेपछि एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट र एनएमबि ई–एप मार्फत पनि खाता/मुद्दती निक्षेप खोल्ने तथा नवीकरण गर्न सकिने सेवा शुरू गरेको छ ।

उक्त सेवाअन्तर्गत ग्राहकले चौबीसै घण्टा सातै दिन बचत खाता खोल्न सक्नाका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुने बैंकले बताएको छ । यस्तै डिपोजिट पनि तुरून्तै हुने बैंकको भनाइ छ ।

बचत खाता एनएमबिको सोशल अनबोर्डिंग अन्तर्गत खोलिने छ र मासिक क्रेडिट कारोवारको थ्रेसहोल्डको साथ कारोबारका लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन रू. ५ हजारसम्म हुने व्यवस्था गरिएको बैंकले बताएको छ । ग्राहकले पहिलोपटकको कारोबारमा ई–एनएमबि एपको माध्यमबाट रू. ५०० सम्म क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।

साथै उही बैंक र अन्य बैंकमा फण्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेसालगायत अन्य धेरै सुविधाहरु प्राप्त गर्न सकिने जानकारी गराईएको छ ।

प्रतिक्रिया
सम्बन्धित