२ कार्तिक २०८३, सोमबार

निकिशा श्रेष्ठलाई सडकमै दुर्व्यवहार गर्ने तीनै जना पक्राउ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

निकिशा श्रेष्ठ

काठमाडौं, ४ मंसिर । निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, भक्तपुरले घटनामा संलग्न रहेका १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोरलाई पक्राउ गरेको बताएको छ ।

जोशीलाई बिहीबार बिहान र अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।

श्रेष्ठलाई उनीहरुले लैंगिक भेदभावपूर्ण शब्दहरु प्रयोग गरी अनावश्यक हैरानी गरी भिडियो समेत बनाई सामाजिक सञ्जालमा पोष्ट गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेकामध्ये खत्रीले स्कुटर चलाएको र स्कुटरमा सवार १६ वर्षीय किशोरले भिडियो खिचेपश्चात १७ वर्षीय किशोरले उक्त भिडियो सामाजिक सञ्जालमा अपलोड गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

थप जानकारीका लागि यो समाचार पनि पढ्नुहोस्–

निकिशा श्रेष्ठमाथि भएको दुर्व्यवहारको भिडिओ अपलोड गर्ने पक्राउ