
काठमाडौं, ४ मंसिर । मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ पत्रकार गोकर्ण गौतमको निधन भएको छ ।
कला, साहित्य सम्बन्धी कलम चलाउँदै आएका ३१ वर्षीय पत्रकार गौतम नेपाल साप्ताहिकसँग सम्बन्धित पत्रकार हुन् । मष्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए ।
शल्यक्रियाका क्रममा उनको बिहीबार बिहान साढे ११ बजे बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल)मा निधन भएको हो ।















प्रतिक्रिया