
काठमाडौं, ४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय (सीडीओ), काठमाडौंमा उजुरी परेको छ ।
महासंघको जारी निर्वाचन प्रक्रिया गैरकानूनी भएको भन्दै त्यसलाई स्थगन माग गरेर निवेदन दर्ता भएको सीडीओ कार्यालय काठमाडौंले बताएको छ । उक्त उजुरी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर शाहले दर्ता गराएका हुन् ।
दर्ता भएको निवेदनको बोधार्थ उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् सचिवालय र गृह मन्त्रालयलाई समेत दिएको बताएका छन् । उनले राष्ट्रिय निर्देशन ऐन २०१८ अन्र्तगत दर्ता भएको संस्थामा पदावधि सकिएका पदाधिकारी स्वतः अवैधानिक हुने र उनीहरूले गर्ने कुनै पनि निर्णय वैधानिक नहुने दाबी गरिएको छ ।
सोही आधारलाई टेकेर आगामी निर्वाचन समेत अवैधानिक हुने भन्दै उनले निवेदन दर्ता गरेको जानकारी दिएका छन् ।
उल्लेखित एेन मार्फत दर्ता भएको संस्थामा प्रतिनिधिहरूको पदावधि सकिएपछि निर्वाचन हुने बेलासम्म तदर्थ समिति गठन गरी काम अघि बढाइदिन भन्दै उनले सरकार गुहारेका हुन् ।
उनले निवेदनमा सदस्यहरूको सदस्यता नवीकरण नगरिएको, प्रदेश र जिल्लाको निर्वाचन नगरिएको लगायतका आरोप लगाएका छन् ।
हेर्नुहोस् उनले दर्ता गराएका निवेदन–
















प्रतिक्रिया