आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

शेयरबजारमा बिहीबार नयाँ रेकर्ड, २३ खर्ब ८२ अर्बको बन्यो ‘सेकेन्डरी मार्केट’

दैनिक नेपाल २०७७ मंसिर ४ गते १७:१६

काठमाडौं, ४ मंसिर । साताको अन्तिम दिन बिहीबार शेयर बजारले नयाँ रेकर्ड बनाएको छ ।

बिहीबार सर्वाधिक रकमको शेयर कारोबार भएर बजारले नयाँ रेकर्ड कायम गरेको हो । योसँगै बिहीबारसम्ममा बजार पूँजीकरण २३ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ । यो बजार पुँजीकरणको हालसमकै उच्च विन्दु हो । बुधबारसममा कुल बजार पूँजीकरण २३ खर्ब ३४ अर्ब रुपैयाँ थियो ।

पछिल्लो समय शेयर बजार दैनिक रुपमा बढ्दै गएको छ यसले गर्दा बजार पूँजीकरण पनि बढ्दै गएको हो ।

बिहीबार दिनभरीमा ६ अर्ब ११ करोड रुपैयाँको शेयर कारोबार भएको छ । यसमध्ये जलविद्युतको ६३ करोड ७५ लाख, होटल समूहको १५ करोड ६६ लाख, व्यापार समूहको २१ करोड ५४ लाख, माइक्रोफाइनान्स समूहको ५३ करोड ९० लाख र बैंकिङ समूहको १ अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

जीवन बीमाको ८२ करोड ५१ लाख, निर्जीवन बीमाको एक अर्ब ९० करोड रुपैयाँको सेयर कारोबार भएको छ । अन्य समूहको ८१ करोडको कारोबार भएको छ । बाँकी अरु समूहको कारोबार भएको हो ।

नेप्सेका अनुसार, निर्जीवन २० बीमा कम्पनीमध्ये १९ वटाको मूल्य बढेको छ । जीवन बीमामा कारोबार भएका सातवटैको मूल्य बढेको छ । बैंकिङ समूहका भने कारोबार भएका २६ मध्ये १३ को मूल्य बढेको छ, बाँकी १३ को घटेको छ ।

बिहीबार जीवन बीमा र निर्जीवन बीमा सूचक पनि सर्वाधिक माथि पुगेको अर्को रेकर्ड कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित