बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

मास्क नलगाउनेलाई तोकियो दुई हजार जरीवाना

दैनिक नेपाल २०७७ मंसिर ४ गते १६:५३

काठमाडौं, ४ मंसिर । कोरोना भाइरसको संक्रमण र मृत्यु दर घटे पनि जोखिम कम नभएको भन्दै भारतको दिल्ली सरकारले मास्क नलगाई हिँड्नेका लागि २ हजार भारतीय रुपैयाँ जरीवाना तोकेको छ ।

सार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई सजायस्वरुप बिहीबार उक्त जरीवाना तोकिएको भारतीय सञ्चारमाध्यमरुले बताएका छन् । समाचार अनुसार दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मानिसहरुलाई कोरोना भाइरसको नियम पालना गराउन यस्तो व्यवस्था गरेका हुन् ।

सार्वजनिक स्थलमा जाँदा मास्क लगाउनाले कोरोना संक्रमणमा कमी आउने दिल्ली सरकारको विश्वास छ । यद्यपि, केजरीवालले दिल्लीमा संक्रमितको उपचारका लागि पर्याप्त बेडहरु रहेको दाबी गरेका छन् ।

साथै दिल्लीले आउँदै गरेको छठ पर्व सार्वजनिक स्थलमा मनाउन पनि रोक लगाएको छ । केजरीवालले सबैलाई आफ्नै घरमा छठ मनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित