बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

नवजात शिशुसहित सुत्केरीको मृत्यु

दैनिक नेपाल २०७७ मंसिर ४ गते १६:०९

सांकेतिक तस्वीर

सुर्खेत, ४ मंसिर । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा १८ वर्षीया सुत्केरी र उनले जन्माएकी नवजात शिशुको मृत्यु भएको छ ।

कर्णाली प्रदेश अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्माएकी दैलेखको नारायण नगरपालिका–११ की दीपा विक र उनको नवजात शिशुको मृत्यु भएको हो ।

तिहारका बेलामा दैलेखको भगवतीमाई गाउँपालिका–२ स्थित माइतीघरमा आँगनबाट लडेपछि उपचारका लागि दीपालाई दैलेख अस्पताल लगिएकी उनलाई ‘गर्भवती भएका कारण त्यहाँ उपचार हुन नसकेपछि प्रदेश अस्पतालमा रिफर गरिएको उनको परिवाले बताएको छ ।

कर्णाली प्रदेश अस्पतालमा उपचारका ल्याउँदा उनी बेहोस रहेको अस्पतालका मातृ–शिशु स्वास्थ्य सेवा प्रमुख कल्पना थापाले बताइन् ।

कर्णाली प्रदेश अस्पतालका अनुसार बच्चाको पेटभित्र नै मृत्यु भइसकेको थियो ।

प्रतिक्रिया
सम्बन्धित