
काठमाडौँ, ४ मंसिर । प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहसहित २ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई प्रहरीले बुटवलबाट गिरफ्तार गरेको हो ।
सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका उनीहरुलाई प्रहरीले आज विहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिंह र पार्टीका पाल्पा जिल्ला सदस्य मिनबहादुर आले रहेका प्रहरीले जनाएको छ ।
उनीहरुबाट प्रहरीले विस्फोटक पदार्थ तथा केही दस्तावेज बरामद गरेको छ ।
उनीहरुमाथि बिस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको बताइएको छ ।















प्रतिक्रिया