
झापा, ४ मंसिर । झापाको दमक नगरपालिकामा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
दमक–९ का ७० वर्षीय पुरषको बिहीबार बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
कात्तिक १ गते विराटनगरको नोवेल हस्पिटलमा संक्रमण पुष्टि भएका उनलाई केही दिनदेखि बिएण्डसी अस्पताल बिर्तामोडमा राखेर उपचार गरिएको थियो ।
खर्चको अभाव र स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बेलुका दमक नगरपालिकाको कोभिड–१९ अस्पतालमा ल्याइएको थियो ।
सोही अस्पतालमा उनको मृत्यु भएको बताइएको छ ।















प्रतिक्रिया