बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

भारतमा २४ घण्टामा ५८५ जना कोरोना संक्रमितको मृत्यु

दैनिक नेपाल २०७७ मंसिर ४ गते १०:४२

काठमाडौँ, ४ मंसिर । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ५८५ जना कारोना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ लाख ३१ हजार ५७८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४५ हजार ५७६ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८९ लाख ५८ हजार ४८४ पुगेको छ ।

भारत अहिले धेरै संक्रमित हुने देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । यद्यपि कोरोनाको संक्रमण तीब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनयता भने संक्रमण र मृत्यु दर भने घट्दै गएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ८३ लाख ८३ हजार ६०३ जना डिस्चार्ज भएका छन् भने पछिल्लो २४ घण्टामा ४८ हजार ४९३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । त्यस्तै अहिले भारतमा ४ लाख ४३ हजार ३०३ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

भारतमा अहिलेसम्म कुल १२ करोड ८५ लाख ८ हजार ३८९ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १० लाख २८ हजार २०३ नमूना परीक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित