७ कार्तिक २०८३, शनिबार

महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी स्वस्तिक बगैँचा हस्तान्तरण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ मंसिर । महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सोही क्रममा बैंकले कात्तिक २९ गते शनिबार लक्ष्मी पूजाको अवसर पारेर ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, ललितपुरमा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रेरणाले महालक्ष्मी स्वस्तिक बँगैचा मर्मत तथा पुनःनिर्माण कार्य सम्पन्न गरी व्यवस्थापन समितिलाई हस्तारण गरेको छ ।

उक्त बगैँचा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको उपस्थितिमा कार्यव्रmमका प्रमुख आतिथि तथा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले विधिवत रुपमा समुद्घाटन गरी व्यवस्थापन समितिका अध्यक्ष आत्माराम कोइरालालाई हस्तान्तरण गरेका थिए । उक्त कार्यव्रmममा संस्कृतिविद् सत्यमोहन जोशीको लिखितम् शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो ।

महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घि गर्नुका साथै मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पुर्याउने उद्देश्यले बैंकले उक्त बगैँचा मर्मत तथा पुनःनिर्माण गरेको हो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।