मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

महालक्ष्मी लाईफ इन्स्योरेन्सद्वारा पोलिसी बोनस घोषणा

दैनिक नेपाल २०७७ मंसिर ३ गते १९:२१

काठमाडौँ, ३ मंसिर । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आ.व. २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्किय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको छ ।

बीमा समितिको मिति २०७७/०७/२८ गते को पत्रबाट स्विकृति प्राप्त भए बमोजिम कम्पनीले संचालनमा ल्याएको तथा मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५/७६ को लागि न्यूनतम रु.५० प्रतिहजारको दरले बोनस घोषणा गरिएको हो ।

बीमा समितिले हालै जारी गरेको संसोधित बीमाङ्किय मुल्याङ्कन निर्देशिकामा सो अवधि सम्म जारि पोलिसीको विमाङ्किय मुल्याङ्कन गर्दा जारी पोलिसीको अवधि भुक्तानी नभए सम्मको लागि बोनस व्यवस्था गर्नु पर्ने हुन्छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले नयाँ कम्पनीहरुमा पहिलो पल्ट उक्त व्यवस्था सहितको मुल्याङ्कन गरी बोनस घोषणा गरेको हो ।

कम्पनीको आगामी विमाङ्किय मुल्याङ्कन नभए सम्मको लागि यही बोनस दरले अन्तरिम बोनस भुक्तानी गरिनेछ । बीमा समितिबाट स्विकृत बोनस निम्न बमोजिम रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित