२ कार्तिक २०८३, सोमबार

ट्रम्पद्वारा सुरक्षा अधिकारी बर्खास्त

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, ३ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमाण बिना नै चुनावमा धाँधली भएको भन्दै लगाउँदै आएको आरोप खारेज गरेका निर्वाचन सुरक्षा अधिकारीलाई बर्खास्त गरेका छन् ।

ट्रम्पले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीलाई बर्खास्त गरेका हुन् ।

ट्रम्पले ट्वीट गरेर साइबर सेक्युरिटी एण्ड इन्फ्राइस्टक्चर सेक्युरिटी एजेन्सीका निर्देशक क्रिस क्रेब्सलाई बर्खास्त गरेको जानकारी दिएका छन् ।

क्रिसले हालै वक्तव्य जारी गरेर नोभेम्बर ३ मा भएको चुनावमा कुनै पनि प्रकारको धाँधली भएको प्रमाण नरहेको बताएका थिए ।