शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

मंगलबारको कोरोना अपडेट : ५०२ जना संक्रमित थपिए, २८७८ डिस्चार्ज, १७ जनाको मृत्यु

दैनिक नेपाल २०७७ मंसिर २ गते १६:३७

काठमाडौं, २ मंसिर । पछिल्लो २४ घण्टामा (मंगलबार) देशभर कोरोना भाइरसका ५०२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ११२ जनाको नमूना परीक्षण गर्दा ५०२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

यस्तै मंगलबार थप २ हजार ८७८ जना निको भएर फर्किएका छन् । यो सँगै डिस्चार्ज हुनेको सङ्ख्या १ लाख ७९ हजार २४२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १७ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २४७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३९ जना संक्रमित थपिएका छन् । संक्रमितमा १४६ महिला र १९३ पुरुष रहेका छन् ।

चाडवाडका कारण स्वाब संकलनमा आएको कमीसँगै संक्रमितको संख्या पनि घटेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित