२ कार्तिक २०८३, सोमबार

सांसद गगन थापाले विद्यार्थीहरुका लागि ल्याए ‘भाइबहिनी अभियान’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाले विद्यालयका विद्यार्थीहरुका लागि ‘भाइबहिनी अभियान’ पुनः सञ्चालन गरेका छन् ।

कोरोना भाइरसको महामारीका बीच अप्ठेरोमा परेको शैक्षिक क्षेत्रलाई सघाउने उद्देश्यले फेरि एकपटक यो अभियान भाइटीकाको दिनदेखि शुरु गरेको नेता थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा सोमबार एक भिडियोसहित लेखेका छन्, ‘कोरोना महामारीका कारण बन्द भएका हाम्रा विद्यालय र नियमित पढाइमा परेको प्रभावलाई मध्येनजर गर्दै भाइवहिनीको सिकाइमा सहयोग गर्न आज भाइटीकाको शुभ दिनबाट ‘भाइबहिनी’ अभियानलाई पुनः सुरुवात गरेका छौं ।’

उनले शिक्षा मौलिक हक भएको भन्दै यसबाट कुनै पनि विद्यार्थी वञ्चित हुन नहुने भन्दै सबैले आ–आफ्नो ठाउँबाट विद्यार्थीलाई शिक्षा दिन लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।

उनले भिडियो सामग्रीमा भनेका छन्, ‘हामीले संविधानमा लेखेका छौं शिक्षा मौलिक हक हो । अर्थात् नेपालका हरेक बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्नु उनीहरुको हक हो । यसलाई उपलब्ध गराउनु राज्यको जिम्मेवारी हो । राज्यले संविधानमा लेखेको यो जिम्मेवारी निर्वाह गर्न सक्ने बनाउनका निम्ति सांसदको रुपमा गर्ने कामहरु छँदैछ । यतिले मात्र पुग्दैन । नीतिनियम बनाएर, स्रोत साधन विनियोजन गरेर अपेक्षित परिणामका लागि प्रयत्न गर्ने एउटा कुरा भयो । तर यो बीचमा प्रत्येकले आफ्नो ठाउँबाट सानो सानो काम गरेर भए पनि संविधानमा लेखिएको यो कुरालाई प्राप्त गर्न सक्ने दिशातर्फ काम गर्ने हो भने यसलाई मद्धत पुर्याउँछ भन्ने हो ।’

नेता थापाले भाइबहिनी अभियान पहिले पनि चलाएका थिए । उनी अगाडि भन्छन्, ‘केही वर्षगाडि मैले ‘भाइबहिनी’ भन्ने अभियान प्रारम्भ गरेको थिएँ । जस अन्तर्गत पढ्ने मौका नपाएका भाइबहिनीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने, उनीहरुको अभिभावकत्व ग्रहण गर्ने, शैक्षिक सामग्री उपलब्ध गराउने यस्ता केही प्रयत्नहरु भए । त्यसपछाडि केही समय यो प्रयत्नलाई मैले स्थगित गरेँ । आज भाइटीकाको दिन मैले फेरि सबै भाइबहिनीहरुलाई सम्झेर यो अभियानको प्रारम्भ गरेको छु ।’