२ कार्तिक २०८३, सोमबार

जुवा खेल्दै गरेका ७ जुवाडे पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, २ मंसिर । लक्ष्मी पूजाको राति जुवा खेल्दै गरेका सात जनालाई नगदसहित सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सनुसरीका प्रहरी उपरीक्षक  कमल थापाका अनुसार पक्राउ पर्नेमा इटहरी–२० का ४१ वर्षीय दिलकुमार पुरी, २९ वर्षीय मुकेश बस्नेत, ४४ वर्षीय नवीन गुरुङ, ३४ वर्षीय धनबहादुर पुरी, ४४ वर्षीय भक्तबहादुर पुरी, ४९ वर्षीय नारायण पुरी, ३१ वर्षीय हरिराम बानियाँ र ३१ वर्षीय विष्णु बाँस्तोला रहेका छन् ।

इटहरी–२० तराहरामा रहेको रुद्राक्ष पार्टी प्यालेसमा सोमबार राति दुई बजे तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट तास, नगद दुई लाख ८० हजार २५५ बरामद गरिएको उपरीक्षक थापाले जानकारी दिए । मङ्गलबारसम्म तिहारको बिदा परेकाले बुधबार उनीहरुलाई अदालतमा उपस्थित गराइने जनाइएको छ ।