शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

आजदेखि खुल्लामञ्चसहित उपत्यकाका सार्वजनिक स्थलमा खाना खुवाउन बन्द

दैनिक नेपाल २०७७ मंसिर २ गते १३:३५

फाइल तस्वीर

काठमाडौं, २ मंसिर । आजदेखि काठमाडौंको खुलामञ्चसहित उपत्यकाका अन्य सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने कार्यक्रम बन्द गरिएको छ ।

स्वास्थ्य चुनौती र कोरोना संक्रमणको जोखिमका कारण खुला स्थानमा खाना खुवाउन रोकेर बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने भएको हो ।

काठमाडौं महानगरपालिका र भोजन सेवा सञ्चालन गर्ने संस्थाबीच बन्द संरचनाभित्र व्यवस्थित रूपमा सेवा सञ्चालन गर्ने यसअघि सहमति भएको थियो ।सहमतिअनुसार अबदेखि भोजन खुवाउन वडा र महानगरको समन्वयमा व्यवस्था गर्ने तयारी छ ।

असहाय, अशक्त र शारीरिक रूपमा काम गर्न नसक्नेलाई मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको र आवश्यक समन्वयका लागि नजिकका वडा कार्यालय वा सिधै आश्रममा सम्पर्क गर्न काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ ।

मानव सेवा आश्रम काठमाडौं महानगरपालिकाको सहकार्यमा सञ्चालित छ । काठमाडौं महानगरपालिकाले पनि सबै सामाजिक संघ संस्थालाई बन्द संरचनाभित्र सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित