शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

भाइटीकाकै दिन सञ्चारकर्मी बहिनीको मृत्यु, दाइ अस्पतालको शय्यामा

दैनिक नेपाल २०७७ मंसिर २ गते ११:३३

दुर्घटनामा ज्यान गुमाएकी मनिशा ।

दाङ, २ मंसिर । तुलसीपुरबाट घोराही जाने सडकको गुल्म चोकमा सवारी दुर्घटना हुँदा भाइटीकाको दिन बहिनीको मृत्यु भएको छ भने दाजु अस्पतालको शय्यामा पुगेका छन् ।

रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको लु. अ. अ. क ३९४६ नम्बरको स्कर्पियोले पछाडिबाट ठक्कर दिँदा २२ वर्षीया मनिशा लामिछानेको मृत्यु भयो भने उनका दाजु बिराज लामिछाने गम्भीर घाइते भएका हुन् ।

स्थानीय एफएम ‘रेडियो हाम्रो पहुँच’का कार्यरत मनिशा आफ्नो दाजुलाई भाइटीका लगाएर कार्यक्रम प्रशारण गर्न रेडियोको कार्यलयतर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीले बताएको छ ।

मनिशालाई कार्यालयसम्म छोड्न उनकै दाजु बिराजले मोटरसाइकल चलाएका थिए । तर, कार्यालय नपुग्दै स्कर्पियोले ठक्कर दिँदा भाइटीकाकै दिन बहिनीले ज्यान गुमाइन् भने दाजु घाइते अवस्थामा बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनाबाट उनीहरुको परिवार अहिले शोकमा डुबेको छ ।

प्रतिक्रिया
सम्बन्धित