शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीमा कोरोना संक्रमण पुष्टि

दैनिक नेपाल २०७७ मंसिर २ गते ११:१३

कैलाली, २ मंसिर । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको हो । कोरोनाको सङ्क्रमण देखिएपछि होम आइसोलेसनमा बसेका मन्त्री सुवेदीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

यसअघि मन्त्री सुवेदीका अर्का स्वकीयसचिव र दुई सुरक्षा गार्डमा समेत कोरोना सङ्क्रमण देखिएकोको थियो ।

प्रतिक्रिया
सम्बन्धित