शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

अरिङ्गालको आक्रमणबाट अतिथिको मृत्यु

दैनिक नेपाल २०७७ मंसिर २ गते १०:५४

स्याङ्जा, २ मंसिर । सोमबार स्याङ्जामा अरिङ्गालले चिलेर एक बालिकाको मृत्यु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे शर्मा ‘पारस’ की छोरी अतिथि शर्माको मृत्यु भएको हो ।

१३ वर्षीया अतिथिको अरिङ्गालले चिलेर निधन भएको प्रहरीले जनाएको छ । पुतलीबजार नगरपालिका–१४ स्थित लामागेमा अरिङ्गालले चिलेपछि उपचारका क्रममा पोखरास्थित गण्डकी अस्पतालमा अतिथिको निधन भएको हो ।

माथिल्लो घरबाट तल्लो घरमा भाइटीका लगाउन जाँदा अतिथिलाई नजिकैको रुखमा रहेको अरिङ्गालले चिलेर घाइते बनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित