शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

काठमाडौंमा १४ वर्षीया किशोरी बलात्कृत

दैनिक नेपाल २०७७ मंसिर २ गते १०:२३

काठमाडौं, २ मंसिर । काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित बसुण्डोलमा १४ वर्षीया किशोरी (बालिका) बलात्कृत भएकी छिन् ।

सोमार साँझ किशोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा थानकोट प्रहरीले एक युकवलाई नियन्त्रणमा लिएको छ ।

हुम्लाको ताजाकोट गाउँपालिका–२ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बस्ने २३ वर्षीय सोर्नविद लोहारलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार लोहारले बालिकालाई भेट्न बोलाएर बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरा घरको कोठामा जबरजस्तीकरणी गरेको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छन् ।

घटनालगत्तै फरार रहेका लोहारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित