शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

प्रहरीद्वारा काठमाडौंमा ठूलै खेल भएको अखडामा छापा, मिटरब्याजी पनि पक्राउ

दैनिक नेपाल २०७७ मंसिर २ गते ९:४२

काठमाडौं, २ मंसिर । काठमाडौंको कुलेश्वरबाट प्रहरीले सात जना जुवाडेहरूलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीले अवैध रुपमा जुवा खेल्ने र खेलाउने कार्य गरिरहेको भन्ने सूचनाका आधारमा कुलेश्वरबाट जुवा खेलिरहेको सात जनालाई नगदसहित पक्राउ गरेको जनाएको छ ।

कालिमाटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अपीलराज बोहोराले कुलेश्वरका ४४ वर्षीय शिव श्रेष्ठको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापामारेर जुवाको खालबाट २ लाख ३८ हजार ८५० रुपियाँ बरामद गरेको जानकारी दिएका छन् ।

जुवाको खालबाट प्रहरीले सात लाख ९४ हजार ८७० रुपियाँ बराबरको विभिन्न बैंकको चेक ११ थान र तास १ बुक समेत बरामद गरेको डीएसपी बोहराले बताए ।

पक्राउ पर्नेहरूमा कुलेश्वरका ४४ वर्षीय शिव श्रेष्ठ, काभ्रेको चौरी देउराली गाउँपालिका–६ घर भई कुलेश्वर बस्ने ४४ वर्षीय यादव चौलागाइँ, धादिङ्गको थाक्रे गाउँपालिका–८ घर भई कलंकी बस्ने ४१ वर्षीय राजु पौडेल, चितवनको भरतपुर–१३ घर भई कुलेश्वर बस्ने ३१ वर्षीय राजीव श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

कुलेश्वरका ४४ वर्षीय केशवप्रसाद मुडवरी, बाराको जितपुर घर भई कलंकी बस्ने ४१ वर्षीय श्याम तामाङ, कैलालीको बर्दगोरिया गाउँपालिका–३ घर भई कालीमाटी बस्ने २८ वर्षीय प्रेम बडुवाल रहेका छन् ।

श्रेष्ठ आफैले जुवा खेलाउने कार्य गर्दै आएको प्रहरीले जनाएको छ । श्रेष्ठ मिटरब्याजमा रकम लगानी गर्ने व्यक्ति भएको समेत प्रहरीले जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित