शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

ट्रम्पको अवरोधले कोरोनाका कारण धेरैको ज्यान जान सक्ने बाइडेनको चेतावनी

दैनिक नेपाल २०७७ मंसिर २ गते ९:१८

न्युयोर्क, २ मंसिर । राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिमकालको प्रक्रियालाई अझै अवरोध गरेमा ‘धेरै व्यक्तिको कोरोना भाइरसका कारण ज्यान जाने’ राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले चेतावनी दिएका छन् ।

अमेरिकामा पछिल्ला दिन लगातार संक्रमण तथा मृत्यु बढ्दो क्रममा छ । तर ट्रम्प प्रशासनले राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनको अन्तरिम टिमलाई अत्यावश्यक सूचना तथा जानकारीहरुमा पहुँच दिएको छैन र सहकार्य गरेको छ ।

नोभेम्बर ३ मा भएको चुनावमा पराजित भए पनि ट्रम्पले अहिलेसम्म हार स्वीकार गरेका छैनन् । उनले लगातार बिना प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयास प्रभावकारी बनाउनका लागि सहकार्यको खाँचो रहेको राष्ट्रपतिमा निर्वाचित बाइडेनले अन्तरिम प्रशासनको हेडक्वाटर डेलवरमा बताएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित