शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

मनाङको अधिकांश ठाउँमा हिमपात

दैनिक नेपाल २०७७ मंसिर २ गते ८:२६

पोखरा, २ मंसिर । मनाङ जिल्लामा हिउँ परेको छ । हिउँ परेपछि मनाङमा चिसो बढेको छ ।

नार र फू गाउँ तथा आसपासमा हिउँ परेको छ । हिउँले बस्ती ढाकेको छ । तल्लो क्षेत्रमा भने हिउँ कम परेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले माथिल्लो मनाङका सबैजसो क्षेत्रमा हिमपात भएको बताए ।

ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका केही बस्तीमा करीब २ फिटसम्म हिउँ परेको छ । साँझपख हिउँ केही पग्लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित