शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

युवती हत्याका अभियुक्तलाई छाड्न खोजेको भन्दै जुम्लामा भव्य प्रदर्शन

दैनिक नेपाल २०७७ मंसिर २ गते ८:०२

जुम्ला, २ मंसिर । जुम्ला जिल्लाको हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकायाको हत्यालाई कारबाहीका लागि दवाव दिन शुक्रबार प्रदर्शन भएको छ ।

सिंजाबाट जुम्ला आएका पीडितले शुक्रबार दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा प्रहरीले लाठी चार्ज समेत भएको थियो ।

जुलुसलाई तितरवितर पार्न प्रहरीले लाठिचार्ज र अश्रुग्यास प्रहार गर्दा दुई पक्ष बीच झडप समेत भएको छ । झडपमा ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा खाम्बा रोकाया, हरिभक्त कठायत र सुवि कठायत रहेका छन् । सशस्त्र प्रहरीका उदय खत्री र राजबहादुर रावत पनि घाइते भएका छन् । नेपाल प्रहरीका निदेश रोकाया घाइते भएका छन् ।

बालिका हत्या आरोपमा हिमा गाउँपालिका– ३ मोफ्ला गाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय रामचन्द्र डाँगी पक्राउ परेका छन ।

पीडित पक्षले घटनाको मुख्य योजनाकारलाई प्रहरीले मुद्दा कमजोर बनाएर धरौटीमा रिहा गरेको आरोपसहित आन्दोलित भएको जनाएको छ ।

जुम्लाका प्रहरी प्रमुख (डीएसपी) माधवप्रसाद काफ्लेकाले २०७७ असोज १९ गतेको राति घरबाट बेपत्ता भएकी किशोरी कात्तिक १ गते हिमा–१ पागरपालीस्थित हिमा नदीको छेउमा मृत फेला परेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित