शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

विद्यालय क्षेत्रमा कोभिड–१९ सम्बन्धी कार्य नगर्न मन्त्रालयको निर्देशन

दैनिक नेपाल २०७७ मंसिर १ गते २०:४६

काठमाडौं, १ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा विद्यालय वरपर कोभिड–१९ सम्बन्धी कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ ।

विशेषगरी विद्यालय परिसरमा क्वारेन्टिन र आइसोलेसनसम्बन्धी कार्यहरू सञ्चालन नगर्न मन्त्रालयले निर्देशन दिएको हो । यसअघि अधिकांश क्वारेन्टिन र आइसोलेसनहरु विद्यालयमै बनाइएको भए पनि मन्त्रालयले यसअघि नै ति संरचना हटाउन निर्देशन दिइसकेको छ ।

कोरोना भाइरसको महामारी कायमै रहँदा पनि कतिपय स्थानमा भौतिक रुपमै पनि विद्यालय सञ्चालन गर्न सकिने अवस्था रहने भएकाले विद्यालयमा त्यस्ता गतिविधि गर्न मन्त्रालयले रोक लगाएको हो ।

मन्त्रालयद्वारा जारी विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ ले विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकुल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड–१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचनाहरू नराख्न भनेको छ ।

प्रतिक्रिया
सम्बन्धित