शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

कोरोना संक्रमितको उपचारमा खटिएका २ जना डाक्टरको कोरोनाबाटै निधन

दैनिक नेपाल २०७७ मंसिर १ गते २०:१७

काठमाडौं, १ मंसिर । कोरोना संक्रमित बिरामीहरुको उपचारमा खटिदै आएका दुई जना डाक्टरको कोरोना संक्रमणबाटै निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डाक्टरद्वय सुनिल झा र नारायण थापाको निधन भएको हो । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. झा चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक समेत हुन् ।

यस्तै डाक्टर थापा नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष हुन् । डाक्टर झाको सोमबार बिहान र डाक्टर थापाको आइतबार राति निधन भएको मन्त्रालयले जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले चिकित्सकहरुको निधनबाट देशलाई ठूलो क्षति पुगेको जनाउँदै समवेदना प्रकट गरेको छ ।

हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति

प्रतिक्रिया
सम्बन्धित