
काठमाडौं, १ मंसिर । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका १ हजार १९७ जना नयाँ संक्रमित थपिदा काठमाडौं उपत्यकामा मात्रै ५०१ जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७३, भक्तपुरमा ४४ र ललितपुरमा ८४ जना नयाँ संक्रमित पुष्टि भएका हुन् ।
थपिएका नयाँ संक्रमितमध्ये २१२ जना महिला र २८९ जना पुरुष छन् । मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा १४ हजार २७९, भक्तपुरमा ११ सय ८८ र ललितपुरमा २२ सय ४ जना सक्रिय संक्रमित छन् ।















प्रतिक्रिया