शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

फेरि बिहारको मुख्यमन्त्री बने नितिशकुमार

दैनिक नेपाल २०७७ मंसिर १ गते १९:०९

काठमाडौं, १ मंसिर । जेडी (यू) का नेता नितिश कुमार लगातार चौथोपटक बिहारको मुख्यमन्त्री बनेका छन् ।

कोभिड महामारीका बीच पटनामा आयोजित समारोहमा नितिशले सोमबार मुख्यमन्त्रीको रुपमा सपथ लिएका छन् । उनले १४ सदस्यीय मन्त्रीमण्डल पनि गठन गरेका छन् । उनको मन्त्रिमण्डलमा दुईजना उपमुख्यमन्त्री तारकिशोर प्रसाद र रेनु देवी छन् ।

दुवै भाजपाका नेता हुन् । पूर्वमुख्यमन्त्री जितनराम माझीका छोरा सन्तोषकुमार सुमनले पनि मन्त्रीको सपथ लिएका छन् ।

महामारीकै बीच भएको निर्वाचनमा जेडी (यू) र भाजपाको गठबन्धनले बहुमत पाएको हो ।

विपक्षी महागठबन्धनका नेताहरुले भने सपथ ग्रहण बहिस्कार गरेका छन् ।

लगातार चौथो पटक मुख्यमन्त्री बनेका नितिश योसहित सातौंपटक बिहारका मुख्यमन्त्री चुनिइसकेका छन् । सन् २००० मा पहिलो पटक उनी मुख्यमन्त्रीको रूपमा नियुक्त भएका थिए, तर आफ्नो बहुमत प्रमाणित गर्न नसक्दा उनले ७ दिनमै राजीनामा गर्नुपरेको थियो ।

त्यसपछि सन् २००५ मा नीतीश कुमारले १५ वर्ष लालू यादवको एकाधिकार समाप्त गरे । उनले बिहार विधानसभा चुनावमा एनडीए गठबन्धनलाई जिते, त्यसपछि उनी राज्यको मुख्यमन्त्रीत्री बनेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित