
काठमाडौं, १ मंसिर । राष्टिन्य प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले तीन जना बहिनीहरुको हातबाट भाइटीका लगाएका छन् ।
उनले बहिनीहरू बिमला विष्ट, रिता थापा र बसु कार्कीको हातबाट दाजु नेत्रबहादुर र भाइ गणेश थापासहित तीनै जना दाजुभाइले टीका लगाएका हुन् ।
थापाले सामाजिक सञ्जालमा लेखेका छन् ‘दिदीबहिनी दाजुभाइबीच माया, सदभाव र आत्मीयताको रमाइलो पर्व भाइटीकाको अवसरमा सबै दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना ।’
साथै बिदेशमा रहेकी बहिनी शान्तु अधिकारीलाई भने टाढाबाटै आशिर्बाद दिएको पनि थापाले ट्विटरमा लेखेका छन् ।















प्रतिक्रिया