
काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनी कौशल्या कोर्इरालाको हातबाट भाइटीका ग्रहण गरेका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको भाइटीका बहिनी कौशल्या कोरालाको हातबाट लगाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना दाजु र भाउजुलाई टीका लगाइदिएको थापाले जानकारी दिएका छन् ।

सल्लाहकार थापाले केही तस्वीरसहित ट्विटरमार्फत दिएको जानकारी यस्तो छ–
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारकाे भाइ टीका लगाउनु भएको छ । बहिनी काैशल्या काेइरालाले बालुवाटारमा आफ्ना दाजु र भाउजुलाई टीका लगाइदिनु भयाे । साेअवसरमा प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिनुभयाे ।
















प्रतिक्रिया