शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

इंग्ल्याण्ड नेशन्स लिगको फाइनल चरणका लागि छनौट हुन असफल

दैनिक नेपाल २०७७ मंसिर १ गते ७:५४

लण्डन, १ मंसिर । इंग्ल्याण्ड नेशन्स लिगको फाइनल चरणका लागि छनौट हुन असफल भएको छ ।

समूह ए टू अन्तर्गत आइतबार राति भएको खेलमा बेल्जियमसँग २–० ले पराजित भएसँगै इंग्ल्याण्डको फाइनल चरण पुग्ने सम्भावना सकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा बेल्जियमका लागि १० औँ मिनेटमा रामेलु लुकाकुको सहयोगमा युरी टिएल्मन्सले गोल गरे । यस्तै २३ औँ मिनेटमा ड्राइज मर्टेन्सले गोल गरेर पहिलो हाफमा नै २–० को अग्रता दिलाए र सोही अग्रता नै जित बन्यो ।

विश्व बरियतामा शीर्ष स्थानको बेल्जियमको जितसँगै पाँच खेलबाट १२ अंक भएको छ र उ समूहको शीर्ष स्थानमा छ । सात अंकसहित इंग्ल्याण्ड तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित