त्रियुगा, १ मंसिर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१० करमगाछीबाट प्रहरीले साढे दुई लाख नगद, सुनका गरगहना र ३ लाख बढीको चेकसहित ९ जनालाई पक्राउ गरेको छ ।
जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा खटेको प्रहरी टोलीले घर छापा मार्दा रंगेहात भेटेर घरधनीसहित ९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेमा घरधनी ४९ वर्षीय पुरुष, २० वर्षीय, त्रियुगा ११ का ४० वर्षीय, ४० वर्षीय, ४५ वर्षीय, ४० वर्षीय, ४२ वर्षीय, ४१ वर्षीय र २९ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय उयदपुरले जनाएको छ ।
उनीहरूको साथबाट २ लाख ४७ हजार १ सय १७ रुपियाँ नगद, कृषि विकास बैंक १ बुङ तास, १९ थान कौडा, १७ थान मोवाईल, २ थान सुनको सिक्री, ३ थान औंठी बरामद गरेको छ ।
नविल बैंकको २ लाख १० हजार र कृषि विकास बैंकको १ लाखको चेक, १९ थान मोटरसाईकल, ६ थान चावी पनि बरामद भएको छ ।















प्रतिक्रिया