
सुर्खेत, ३० कात्तिक । प्रहरीले जुवा खेलिरहेको अवस्थामा आज एक जनप्रतिनिधिसहित १५ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट खटिएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष जगत बिसीसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले रु. ३ लाखभन्दा बढी नगदसमेत बरामद गरेको छ । जुवा खेलिरहेको सूचना पाएपछि शनिबार राति प्रहरी त्यहाँ पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष ५४ वर्षीय बिसीका साथै ३१ वर्षीय रमेश बोहरा, ३० वर्षीय नवीन शर्मा, ५० वर्षीय चन्द्रवीर रावत, २८ वर्षीय बालाराम रोकाय, ६१ वर्षीय अग्नी शर्मा, ३८ वर्षीय पूर्ण सुवेदी र सुशील बुढा रहेका छन् ।















प्रतिक्रिया