आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख १४ हजार नाघ्यो

दैनिक नेपाल २०७७ कार्तिक ३० गते १२:०६

काठमाडौं, ३० कात्तिक । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ ।

पछिल्ला केही सातायता संक्रमणको दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार ६५९ जना संक्रमित थप भएसँगै कुल संक्रमितको संख्या ८८ लाख १४ हजार ९०२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८२ लाख ३ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् । यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४४९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २९ हजार ६७४ पुगेको छ ।

संसारभर हालसम्म ५ करोड ४३ लाख २९ हजार १०४ जना मानिस संक्रमित भइसकेका छन् । त्यसमध्ये १३ लाख १८ हजार २८६ जनाको मृत्यु भएको छ ।

यस्तै ३ करोड ७८ लाख ७१ हजार ३७५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित