२ कार्तिक २०८३, सोमबार

बीपी कोइराला प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु, मृतकको संख्या १०० पुग्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, ३० कात्तिक । कोरोना भाइरस संक्रमणका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप १ जनाको मृत्यु भएको छ ।

झापाकी २५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आषिश श्रेष्ठले जानकारी दिए । गत बुधबार अस्पताल भर्ना भएकी उनमा बिहीबार कोभिडद्द१९ पुष्टि भएको थियो ।

ती महिलाको शनिबार राति उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यो सँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १०० पुगेको छ ।