२ कार्तिक २०८३, सोमबार

हास्य कलाकार मनोज गजुरेलले जिते कोरोना संक्रमण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० कात्तिक । हास्य कलाकार मनोज गजुरेलले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् ।

११ दिनको अस्पताल बसाईपछि उनी डिस्चार्ज भएका छन् । कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएका गजुरेल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत थिए ।

आइतबार गजुरेलले आफू कोरोनामुक्त भएर घर फर्किएको जानकारी दिएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘११ दिनको अस्पताल बसाइपश्चात् घर फर्किएर आराम गरिरहेको छु । कोभिड–१९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् ।’

उच्चस्तरको उपचार सेवा दिएको भन्दै उनले सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पताल परिवार, अस्पताल परिवारका सबै सदस्यहरु र सबै शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् ।

उनले कोरोना संक्रमणको महमारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आह्वान गर्दै दीपावलीको शुभकामनासमेत दिएका छन् ।

कोरोना देखिएपछि सुरुमा घरमै आइसोलेसनमा बस्दै आए पनि अक्सिजनको मात्रा घट्दै गएपछि र फोक्सोमा पनि संक्रमण देखिएपछि उनलाई कात्तिक २० गते बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

यो पनि पढ्नुहोस्–