आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि अस्ट्रियामा पुनः लकडाउन

दैनिक नेपाल २०७७ कार्तिक ३० गते १०:३३

भिएना, ३० कात्तिक । अस्ट्रियाले दोस्रो पटक देशव्यापी लकडाउन घोषणा गरेको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि अष्ट्रियाले दोस्रो पटक लकडाउन घोषणा गरेको हो । यसअघि त्यहाँ रात्रिकालीन कर्फ्यू लगाइँदै आएको थियो । चान्सलर सेबास्टियन कुर्जले साढे दुई साताका लागि दोस्रो पटकको लकडाउन घोषणा गरेका हुन् ।

मंगलबारबाट लागू हुने नयाँ व्यवस्थापछि विद्यालयहरू बन्द हुने बताइएको छ । तर, भर्चुअल माध्यमबाट पढाइ भने सुचारु हुने चान्सलर कुर्जको भनाइ छ ।

अस्ट्रियामा शुक्रबार ९ हजार ५८६ नयाँ संक्रमित भेटिएका थिए । त्यस्तै शनिबार ७ हजार ६३ जना भेटिएका छन् भने ८५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै हालसम्म अस्ट्रियामा १ लाख ९८ हजार कोरोना संक्रमित भेटिएका छन् भने १ हजार ७४६ संक्रमितको मृत्यु भइसकेको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित