आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

दिल्लीमा वायु प्रदूषण उत्कर्षमा, घर बाहिर निस्कनै समस्या

दैनिक नेपाल २०७७ कार्तिक ३० गते १०:२९

नयाँदिल्ली, ३० कात्तिक । भारतको राजधानी दिल्लीको वायु प्रदूषण उत्कर्षमा पुगेको छ ।

किसानले जलाएको पराल तथा दीपावलीका अवसरमा पड्काइएका पटाकाका कारण निस्किएको धुवाँले दिल्लीको वायू गम्भीर रुपमा प्रदूषित भएको हो ।

शनिबार बेलुका दिल्लीको वायु प्रदूषण खतराको तहमा पुगेको छ । दिल्लीमा दीपावलीको अवसरमा पटाका बिक्री तथा पड्काउन रोक लगाइएको भए पनि शनिबार बेलुका त्यसको उल्लंघन भएको छ ।

दिल्लीको आनन्द बिहार, इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्र, आइटीओ र लोधी रोड क्षेत्रमा वायुको गुणस्तर खतराको तहमा पुगेको छ ।

दिल्ली प्रदूषण नियन्त्रण समितिलाई उद्धृत गर्दै समाचार संस्था एनएनआईले भनेको छ कि शनिबार राति ११ बजे आनन्द बिहारको वायुमा पीएम २।५ पार्टिकलको मात्रा ४८१ मापन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित