बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

नेसन्स लिग फुटबलमा स्वीट्जरल्यान्ड र स्पेनले अंक बाँडे

दैनिक नेपाल २०७७ कार्तिक ३० गते ९:४३

लण्डन, ३० कात्तिक । स्वीट्जरल्यान्डले नेसन्स लिग फुटबलमा स्पेनसँग १–१ गोलको बराबरी खेलेको छ । स्वीट्जरल्यान्डले स्पेनसँग उत्कृष्ट खेल्दै अंक बाँडेको हो।

शनिबार राति नेसन्स लिगको ‘ए’ अन्तर्गत समूह ‘डी’ को खेलमा १० खेलाडीमा सीमित बनेको स्वीट्जरल्यान्डलाई स्पेनले हराउन सकेन ।

कप्तान सर्जियो रामोसले दुई पटक पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा स्पेनले बराबरीमा चिक्त बुझाउनु पर्यो। खेलको २६ औं मिनेटमा रेमो फ्रेउलरले गोल गर्दै स्वीट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाए ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको स्वीट्जरल्यान्डविरुद्ध स्पेनले खेलको ५७ औं मिनेटमा पेनाल्टी पायो । पेनाल्टी एरियामा स्वीट्रल्यान्डका रिकाड्रो रोड्रिगुएजले ह्यान्ड बल गरेका थिए ।

कप्तान रामोसले प्रहार गरेको पेनाल्टी गोलरक्षक यान सोमरले रोकेपछि १–१ गोलको बराबरी बनाउने मौका स्पेनले गुमायो ।

खेलको ८९ औं मिनेटमा जिरार्ड मोरेनोले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरी दिलाउँदै हारबाट बचाए ।

प्रतिक्रिया
सम्बन्धित