१० कार्तिक २०८३, मंगलबार

कागेश्वरीमा देवकोटा, अर्याल र विकलको पूर्णकदको शालिक

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हाँस्य शिरोमणि भैरव अर्याल र
आख्यान शिरोमणि रमेश विकलको पूर्णकदको शालिक निर्माण कार्य पूरा भएको छ ।

देवकोटाको शालिक एक वर्षअघि नै तयार गरिएपनि अर्याल र विकलको शालिक हालै तयार गरिएको हो ।

१११औं लक्ष्मीजयन्तीका अवसरमा वरिष्ठ साहित्यकार एवम् नेपाल कम्युनिष्ट पार्टीका नेता प्रदीप नेपालले स्रष्टाहरुको शालिकमा माल्यार्णपन गरे ।

शनिबार कागेश्वरी पुस्तकालयको व्यवस्थापन र आयोजनामा भएको कार्यक्रममा प्रतिनिधिसभाका सदस्य कृष्ण राई, बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाल, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा लगायतको उपस्थिति थियो ।

यस स्मारकको निर्माणको परिकल्पना नेकपाका नेता रामेश्वर फुयालले गरेका थिए । आर्थिक वर्ष २०७५ र ७६ मा रु ४० लाख विनियोजन गरेर शान्ति उद्यान र
लक्ष्मीप्रसाद देवकोटा सालिक निर्माण गरिएको फुयालले बताए ।

आर्थिक वर्ष २०७६ र ७७ मा २९ लाख विनियोजन गरेर बाँकी दुई साहित्यकारहरूको सालिक निर्माण गरिएको हो । १०९औं लक्ष्मी जयन्तीका अवसरमा फुयालसहित नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती र १ सय १ साहित्यकारहरुले रु.१ का दरले चन्दा दान गरेर तीन जना साहित्यकारहरूको पूर्णकदको अष्टधातुको प्रतिमा निर्माणको शिलान्यास गरिएको थियो ।

स्मारकको निर्माण यही वर्ष सम्पन्न भएता पनि कोरोना महामारीको कारणले औपचारिक उद्घाटन नगरिएको फुयालले जानकारी दिए ।