१० कार्तिक २०८३, मंगलबार

लालबाबु राउतको सरकार भ्रष्टाचारीः प्रभु साह

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सांसद प्रभु साहले लालबाबु राउत नेतृत्वको प्रदेश २ को सरकारलाई भ्रष्टाचारीको आरोप लगाएका छन ।

उनले राउत सरकारले बेथिति, भ्रष्टाचार र कुशासनको कीर्तिमान बनाएको आरोप लगाए । शनिबार सामाजिक संजाल फेसबूकमार्फत नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले प्रदेश सरकारको आर्थिक वर्ष २०७७–७८ को बजेट भ्रष्टाचार, बेथिति र कुशासनको नयाँ कीर्तिमान भएको बताएका हुन ।

विगतमा प्रदेश सरकारले व्यक्तिको मोबाइल नम्बर समेत तोकेर बजेट निर्माण गरेको स्मरण गराउँदै नेता साहले यस वर्षको बजेटमा परामर्शदाता र विक्रेताको नामसमेत उल्लेख गरेकोप्रति आक्रोश देखाएका छन् ।

नियमपूर्वक प्रक्रिया पूरा गरी खुल्ला प्रतिस्पर्धाबाट खरिद आह्वान हुने व्यवस्थाको धज्जी उडाउँदै प्रदेश सरकारले पहिलानै रेडबूकमा विक्रेताको नाम लेखेर भ्रष्टाचार गरेको भन्दै नेता साहले प्रदेश सरकार आपराधिक रवैया रहेको बताए ।

‘विगतका वर्षहरूमा व्यक्तिको मोबाईल नम्बर नै तोकेर बजेट निर्माण गर्ने प्रदेश २ को सरकार यस आ.व. २०७७–७८ मा झन परामर्शदाता तथा विक्रेताहरूको नाममा बजेट तोकी रेड बुक प्रकाशित गरेर भ्रष्टाचार, बेथिती एवं कुशासनको फेरी अर्को नयाँ कीर्तिमान खडा गरेको छ’, उनले भने, ‘सार्वजनिक क्षेत्रमा वस्तु तथा सेवा खरिदरविक्री गर्दा खुल्ला प्रतिस्पर्धा सहितको एउटा निश्चित कार्यविधिको पालना गर्नुपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी मान्यतालाई समेत प्रदेश २ सरकारले धज्जी उडाएको छ ।’

उनले भनेका छन्, ‘प्रदेश सरकारको यी र यस्ता गलत रवैया र अपराधहरूले गर्दा नै आज सिङ्गो प्रदेश र प्रदेशवासी जनताको स्वभीमान, गौरव र गरिमामा खलल पुग्नुको साथसाथै मधेसको अपमान एवं बदनाम समेत भैइरहेको छ ।’