२ कार्तिक २०८३, सोमबार

बीमा गरेका कोरोना संक्रमितको खर्च सरकारले नव्यहोर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । कोरोना भाइरस (कोभिड–१९) को बीमा गरेका संक्रमितको खर्च सरकारले नव्यहोर्ने भएको छ ।

कुनै बीमा कम्पनीबाट कोभिड–१९ को बीमा गरेका व्यक्तिले सबै पीसीआर परीक्षण र उपचार खर्च बीमा रकमबाट गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बीमा गरेकाहरुको पनि सरकारी खर्चमा उपचार गरिँदा बीमाको उद्देश्यअनुसार प्रयोग नभई विकृति बढ्न सक्नेतर्फत सचेत हुँदै सरकारले यस्तो रणनीति अपनाएको हो ।

हाल कतिपय कोरोनाका बीमित संक्रमितहरुको उपचार खर्च सरकारले व्यहोर्दै आए पनि बीमाबाट प्राप्त रकम स्वास्थ्योपचारमा खर्च नहुने गरेको पाइएकाले यस्तो उपाय अवलम्बन गरिएको मन्त्रालयको भनाइ छ ।

त्यसबाहेक कोभिड–१९ बाट संक्रमितको सबै उपचार खर्च सरकारले नै व्यहोर्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।