मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

कोभिड–१९ को बावजुद पनि दराजले तोड्यो ११.११ का सबै पछिल्ला रेकर्डहरू

दैनिक नेपाल २०७७ कार्तिक २९ गते २२:०२

काठमाडौं, २९ कात्तिक । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले कोभिड–१९ को बावजुद ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ ।

११.११ सुरू भएको पहिलो घण्टा भित्र दराजले रु २.२२ करोडको बिक्री दर्ता गर्यो, जुन गत वर्षको भन्दा ६० प्रतिशत बढी हो।

अभियान दौरान दराजमा ५.२ लाख प्रयोगकर्ताहरूको उपस्थिति थियो र ७ हजार भन्दा बढी विक्रेताहरूले २८ विभिन्न शहरहरूमा व्यापार गर्न सफल भए । वालेट र कार्डमार्फत गरिने अनलाइन पेमेन्टमा पनि गत वर्ष भन्दा उल्लेखेनीय बढी वृद्धि देखियो जुन पुरै सेल को ४५ प्रतिशत थियो ।

समग्रमा, यसपाली को ११.११ मा गत बर्षको भन्दा तुलनात्मक रुपले बढी संख्यामा विक्री भएको देखियो । अभियानको उल्लेखनीय हाइलाइटहरू मध्ये, पोको सी वान र एम २ फोन अभियान सुरु भएको पहिलो घण्टा भित्रै विक्री भइसकेहको थियो ।

११.११ मा भएको कुल व्यापार संख्यामा २०५ जति एसएमईहरूद्वारा उत्पन्न भएको थियो । यी एसएमईहरु दराजको सहयात्री कार्यक्रमद्वारा दराजमा दर्ता भएका थिए जुन कार्यक्रम विशेष गरि महामारीको बखत एसएमईहरुलाई सहयोग गर्न दराज ले लिएर आएको थियो ।

कुल, यस वर्षको ११.११ मा गत दुई वर्ष भन्दा अझ बढी प्रयोगकर्ताहरू, विक्रेताहरू, खरीददारहरू सहभागी भएको दराजले बताएको छ । साथै सबै भन्दा पहिलो डेलिभरी ११.११ कै दिन ८ बजे भएको थियो । ग्राहकहरूले उनीहरूको अर्डर समयमै पुराउनका लागि कम्पनीले ७ हजार थप डेलिभरीकर्मीहरू थपेको जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित