१० कार्तिक २०८३, मंगलबार

कांग्रेसकी नेतृ शेरचनको निधन, पूर्वमन्त्री थकालीद्वारा श्रद्धाञ्जलि व्यक्त

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेस मुस्ताङकी लोकप्रिय नेतृ सन्तकुमारी शेरचनको ७४ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा शेरचनको शनिबार बिहान १०ः४० बजे निधन भएको नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले जानकारी दिए ।

स्व.शेरचनको पार्थिव शरीरमा कांग्रेस नेता थकालीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका छन् । श्रद्धाञ्जलिपछि शनिबार नै परम्पराअनुसार अन्तिम दाहासंस्कार गरिएको छ । शेरचनको जन्म बिक्रम संवत २००३ मा भएको थियो ।

शेरचन थसाङ गाउँपालिका– ५ निवासी हुन् । आमा समूहदेखि विभिन्न सामाजिक संस्थाहरूमा रहेर सामाजिक न्याय, परिवर्तन र विकासका लागि शेरचनले ठूलो योगदान दिएकी थिइन् ।

नेपाली कांग्रेसका नेता थकालीले सन्तकुमारी शेरचनको निधनले मुस्ताङ कांग्रेसले अभिभावक गुमाएको बताएका छन् ।

‘सन्तकुमारी शेरचन समाजका कुरिती र अन्यायमा परेका समुदायको हकअधिकारका लागि सधैँ अग्रभागमा उभिनुभयो’, थकालीले भने, ‘उहाँ जस्तो अलस व्यक्ति गुमाउनु पर्दा मर्माहत भएको छु ।’

कांग्रेस नेता थकालीले शोकमा रहेका स्व.शेरचनका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।