२ कार्तिक २०८३, सोमबार

काठमाडौं उपत्यकामा थपिए ८३५ जना नयाँ संक्रमित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जना कोरोना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ८३५ जना थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६४२, भक्तपुरमा ८८ र ललितपुरमा १०५ जना थप संक्रमित थपिएका हुन् ।

संक्रमितमध्ये ४५६ जना पुरुष तथा ३७९ जना महिला छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।

पछिल्लो २४ घण्टको विवरणअनुसार देशभर १४ हजार ९६७ जना होम आइसोलेसनमा छन् । त्यस्तै २३५ जना आईसीयू तथा ४२ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

भेन्टिलेटरमा रहेकाहरुमध्ये प्रदेश १ मा ४ जना, प्रदेश २ मा ३ जना, बागमती प्रदेशमा ३० जना, लुम्बिनी प्रदेशमा ५ जना छन् भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोही पनि संक्रमित भेन्टिलेटरमा छैनन् ।

यस्तै आईसीयूमा उपचार गराईरहेका संक्रमित मध्ये प्रदेश १ मा २९ जना, प्रदेश २ मा १४ जना, बागमती प्रदेशमा १२८ जना, गण्डकी प्रदेशमा ६ जना लुम्बिनी प्रदेशमा ३९ जना, कर्णाली प्रदेशमा १९ जना छन् भने सुदूरपश्चिम प्रदेशमा कोही पनि संक्रमित आईसीयूमा छैनन् ।

यसैगरी होम आइसोलेसनमा रहेकाहरुमध्ये प्रदेश १ मा १८२७, प्रदेश २ मा ४७५, बागमती प्रदेशमा ९८२८, गण्डकी प्रदेशमा ५६५, लुम्बिनी प्रदेशमा १४४७, कर्णालीमा ३४९ र सुदूरपश्चिम प्रदेशमा ४७६ जना छन् ।