२ कार्तिक २०८३, सोमबार

जनकपुरमा छोरी र श्रीमतीमाथि एसिड प्रहार गर्ने युवक ३ घण्टामै पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, २९ कात्तिक । जनकपुरमा एक बालिकासहित युवतीमाथि एसिड प्रहार गर्ने युवकलाई धनुषा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

ससुरालीमै पुगेर आफ्नी छोरी र श्रीमतीमाथि एसिड प्रहार गर्ने २४ वर्षीय सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुरा रुपैठामा घर भइ वडा नम्वर ७ स्थित माइतमा बस्दै आएकी २१ वर्षीया आरती साहमाथि उनकै श्रीमानले एसिड प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

शनिबार बिहान करिब साढे ८ बजे एसिड प्रहार गरी फरार साहलाई बिहान करिब सवा ११ बजे जनकपुरधाम–४ स्थित संकट मोचन स्कुल नजिक डेराबाट प्रहरीले पक्राउ गरेको हो । आरतीको हात, अनुहार, पेट, छातीलगायत शरीरको मुख्य भागमै एसिड प्रहार गरिएका कारण अवस्था गम्भीर रहेको जनाइएको छ ।

श्रीमतीमाथि एसिड प्रहार गर्दा ३ वर्षीया छोरी समेतसँगै रहेकी रियालाई पनि परेको छ । आमा र छोरी दुवैको उपचार जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पतालमा भइरहेको छ ।