२ कार्तिक २०८३, सोमबार

वरिष्ठ आख्यानकार रमेश विकलको पूर्ण कदको शालिक अनावरण

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, २९ कात्तिक । वरिष्ठ आख्यानकार रमेश विकलको पूर्ण कदको शालिक शनिबार अनावरण गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले विकलको ९२औं जयन्तीको अवसरमा उनको पूर्ण कदको शालिक अनावरण गरेका हुन् । गोकर्णेश्वर नगरपालिकाको १५ लाख रुपैयाँ आर्थिक सहयोगमा कलाकार लक्ष्मण भुजेलद्वारा निर्मित शालिक गोकर्णेश्वर–९ स्थित रमेश विकल साहित्य प्रतिष्ठान प्रांगणमा राखिएको छ ।

शालिक अनावरण पछिको कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले साहित्यिक विकासका लागि नगरपालिकाले उदाहरणीय कामहरु गरिरहेको जानकारी दिए । आगामी दिनमा पनि नगरपालिकाभित्र रहेका साहित्यिक संघ संस्थाहरुको सुदृढीकरणका लागि सहयोग जारी राख्ने प्रतिबद्धता नगरप्रमुख चालिसेले व्यक्त गरेका छन् ।

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल लगायत वक्ताहरुले नगरपालिकाले साहित्य लगायतका विविध क्षेत्रमा गरिरहेको कामबारे प्रकाश पारे ।

रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार रोचक घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष केके कर्माचार्य, स्रष्टाहरु डाक्टर विदुर चालिसे, शान्ति रिसाल, महेन्द्र चालिसे, विमल अर्याल लगायतले नेपाली साहित्यमा विकलको योगदानका बारेमा चर्चा गगरेका थिए ।

प्रतिष्ठानका महासचिव विजय चालिसेले साहित्य सँगै संगीत, चित्रकला तथा समाजसेवामा स्थापित रमेश विकलको स्मृतिलाई चीरस्थायी बनाउन प्रतिष्ठान स्थापना गरिएको बताए । सोही अवसरमा अभिनव साहित्य समाजले केही समय आयोजना गरेको विकल बाल प्रतिभा कविता प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरियो ।

प्रतियोगितामा क्रमश विभूति अधिकारी, इन्दिरा थापा र सदिस्मा अधिकारी पहिलो, दोस्रो र तेस्रो भएका थिए । यसअघि आरुबारी चोकमा रहेको चालिसेको अर्धकदको शालिकमा प्रतिष्ठानका पदाधिकारीहरु सहित स्थानीय बुद्धिजीवी तथा साहित्यप्रेमीहरुले माल्र्यापण गरेका थिए ।