आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

ह्वाइट हाउसमा ट्रम्पको दोस्रो कार्यकालको तयारी

दैनिक नेपाल २०७७ कार्तिक २९ गते १३:५१

बाशिङ्टन, २९ कात्तिक । अमेरिकामा राष्ट्रपति चुनावको नतिजा आइसकेको छ ।

जो बाइडेनले चुनाव जित्ने लगभग निश्चित भइसकेको छ । तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने अहिलेसम्म आफ्नो हार स्विकार गरेका छैनन् । अब फक्स न्यूजको एक खबरमा बताइए अनुसार ह्वाइट हाउसमा बाइडेनको स्वागतको तयारीको साटो ट्रम्पको दोस्रो कार्यकालको तयारी गरिँदैछ । अमेरिकामा २० जनवरीमा राष्ट्रपति पदको शपथ ग्रहण कार्यक्रम छ ।

यसैबीच राष्ट्रपति ट्रम्पले शुक्रबार प्रशासनमा को रहन्छ, यसको प्रतिक्षा गर्नुहोस् भनेका छन् । यद्यपि, उनले यसबारे थप जानकारी भने दिएका छैनन् ।

फक्स बिजनेस नेटवर्कसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पका  व्यापार सल्लाहकार पिटर नेवारोले भने, ‘ह्वाइट हाउसले यो मानिरहेको छ कि राष्ट्रपतिको पदमा डोनल्ड ट्रम्प नै आसिन हुनेछन् र उनले आफ्नो दोस्रो कार्यकाल सुरु गर्नेछन् । यो मान्यता हामी सबैको छ । यसैलाई मध्यनजर गर्दै तयारी सुरु गरिँदैछ । ’

नेवारोले थपे, ‘हामी चाहन्छौं कि भेरिफाइड र सर्टिफाइड मतको मात्रै गणना होस् । चुनावी धाँधलीको अनुसन्धान गरियोस् र यसबाहेक जे आरोप लागिरहेको छ त्यसको तस्बिर स्पष्ट होस् ।’ एजेन्सी

प्रतिक्रिया
सम्बन्धित