
जनकपुरधाम, २९ कात्तिक । जनकपुरधाममा एक महिलामाथि एसिड प्रहार भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित देवपुरा रुपैठा बस्ने २६ वर्षीया आरती साहमाथि एक युवकले एसिड प्रहार गरेका छन् । एसिड प्रहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जानकीनगरमा माईतीमा बसेको बेला शनिबार बिहान एक युवकले एसिड प्रहार गरी भागेको स्थानीयवासीको भनाइ छ । पीडित आरतीको हाल जानकी हेल्थकेयरमा उपचार भइरहेको छ ।















प्रतिक्रिया